५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

४१ चेली र ५२ माईतीबीच भाईटीका

खोटाङ– खोटाङको नेर्पामा सामुहिकपमा तिहारको भाईटीका लगाइएको छ। नेर्पा–५ स्थित भुलभुले सहकारी संस्थामा आवद्ध माईतीचेलीले आइतबार सामुहिकरुपमा भाईटीका लगाएर तिहारको खुसीयाली मनाएका छन्।

सहकारीका पुरुष शेयर सदस्य माइती र महिला शेयर सदस्य चेली बनेर सामुहिकरुपमा तिहारको भाइटीका लगाइएको सहकारीका संस्थापक जलसेर राईले बताए। लामबद्ध बसेका ५२ जना माइतीलाई ४१ चेलीले जम छेपेर फूलमाला लगाइदिएर फूलमाला, मिठाई, फलफूल, मिठामिठा परिकार दिएका थिए ।

माइती बनेका दाजुभाइले पनि चेलीलाई गच्छेअनुसार उपहार र दक्षिणा प्रदान गरे। तिहारको अवशरमा देउसी सुरु गर्नुपुर्व सहकारीले बिगत तीन वर्ष अघिदेखि गाउँका महिलालाई चेलीबेटी र पुरुषलाई माइती मानेर भाईटीका लगाउने प्रचलन सुरु गरेको हो।

सामुहिकरुपमा हर्षोल्लासका साथ भाईटीका लगाएपछि नेर्पामा देउसीको सुरुवात गरिएको राईले बताए। सामुहिक भाईटीका मनाउकालागि गाउँका चेलीबेटी कोसेली, फूलमालासहित भेला भएका थिए ।

प्रकाशित: १५ कार्तिक २०७३ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App