रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी चितवनका ११ जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एक महिलासहित ११ जना बेपत्ता भएका हुन्। एक जनाको भने मृत्यु भएको छ।
बाढीमा परी बेपत्ता भएका माडी नगरपालिका ७ देवेन्द्रपुरका इन्जिनियर विमल काफ्लेको शव कावासोतीमा फेला परेको थियो। उनको शव आफन्तले देवघाटमा अन्त्येष्टि गरिसकेका छन्।
बेपत्ता हुनेमा १४ देखि ७० वर्ष उमेरका रहेका छन्। जिल्ला प्रहरी कार्यालयमा शुक्रबार दिउँसो साँझसम्म नाम टिपाएका मध्ये भरतपुर महानगरपालिकाका मात्रै पाँच जना बेपत्ता भएका छन्।
यस्तै माडी नगरपालिकाका दुई, रत्ननगर नगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एक र राप्ती नगरपालिकाका एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सूचना अधिकारी चन्द्रभुसन यादवले जानकारी दिए।
दुई बेपत्ता हुनेमा भरतपुर–५का ४० वर्षीय महेश नेपाली, भरतपुर–१६का ४० वर्षीय विकाश बाबु अधिकारी, भरतपुर–१६का ४१ वर्षीय केशवराज चालिसे, भरतपुर–५का २३ वर्षीय सुगम सिलवाल र भरतपुर–७का ३६ वर्षीय विक्रम उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवले जानकारी दिए।
माडी नगरपालिका–६का ७० वर्षीय कृष्णराज अर्याल, माडी नगरपालिका–८ की ३५ वर्षिया सुमित्रा भण्डारी थापा, रत्ननगर नगरपालिका–२का ४६ वर्षिया अर्जुन कान्त थपलिया, रत्ननगर–१२का १४ वर्षीय गेहित सुनार, खैरहनी नगरपालिका ६ पर्साका ३१ वर्षीय रिकेश कुमार श्रेष्ठ र राप्ती नगरपालिका–८ खुरखुरेका योगबहादुर खड्का रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएको भन्दै परिवारले प्रहरीकहाँ नाम टिपाएका छन्।
प्रकाशित: १९ भाद्र २०८३ १७:३५ शुक्रबार


-600x400.jpg)


