९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मेयर साम्पाङको से नो टु ड्रग्स अभियानमा राजेश पायल राई पुगे

हरेक शुक्रबार दिउँसो साढे ४ बजे धरानका मेयर हर्क साम्पाङले लागु औषध दुर्व्यसनविरुद्ध से नो टु ड्रग्स कार्यक्रम गर्दै आएका छन्। 

धरानका विभिन्न चोकहरुमा सचेतनामूलक प्ले कार्ड प्रदर्शनसँगै गीत, कविता पनि प्रस्तुत हुने गर्छ। आज (शुक्रबार) पनि धरानको वडा नं ८ स्थित लांघाली चोकमा कार्यक्रम भइरहेको थियो। मेयर साम्पाङले युवाहरुलाई लागु औषध दुर्व्यसनमा फसेर जीवन वर्वाद नगर्न आग्रह गर्दै थिए। त्यसै बेला नजिकै आएर एउटा कार आएर रोकियो।

उक्त कारबाट निस्किए, नेपालका चर्चित गायक राजेश पायल राई। मेयर साम्पाङलाई पनि उनी आउने पुर्वसुचना थिएन। मेयर साम्पाङ र गायक राई भेट भएपछि दुवै खुसी मात्र भएनन्, एकले अर्काको कामको प्रशंसामा पनि धेरै नै शब्द खर्चिए। गायक राईले आफू धरानमा जारी एक्स्पोमा प्रस्तुति दिन आउँदा से नो टु ड्रग्स कार्यक्रम भइरहेको जानकारी पाएपछि सहभागी भएको बताए। मेयर साम्पाङले गरेको कामबाट प्रभावित भएकोले धरान आउँदा भेट्न चाहेको बताए। उनले पनि महँगो र अमूल्य जीवन खेर नफाल्न आग्रह गरे।

मेयर साम्पाङले लामो समय पनि सांगीतिक क्षेत्रमा नम्बर वान भइरहनु आश्चर्यजनक भएको बताए। उहाँसँगका कहाँदेखि कहाँ पुगिसके, तर उहाँ एउटै क्षेत्रमा निरन्तर नम्बर वान रहनुभएको छ, यो आश्चर्यजनक नै हो, उनले भने। गायक राईको शनिबार साँझ धरान १६ स्थित रंगशालामा जारी एक्स्पोमा सांगीतिक प्रस्तुति रहनेछ। 

प्रकाशित: १२ फाल्गुन २०७९ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App