८ वैशाख २०८१ शनिबार
समाज

कतार र मालिन्दोको जहाज करिब १ घण्टापछि अवतरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावा तीव्र गतिले गर्दा अवतरण गर्न नसकेको दुई वटा अन्तर्राष्ट्रिय विमान करिब १ घण्टापछि अवतरण गरेको छ। 

शुक्रबार जहाज अवतरण गर्ने स्थान तर्फको हावा तीव्र भएको कारण  कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले करिब १ घण्टापछि अवतरण गरेका हुन्। 

कतार एयरवेजको फलाइट नम्बर क्यूटीआर  ६४६  र मालिन्दो एयरको एमएक्सडी १८६ साँझ ६ बजेर १८ मिनेटमा अवतरण गरेका हुन्।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कतार एयरवेजको साँझ ५ बजेर ५५ मिनेट र मालिन्दो एयरको साँझ ६ बजेर १८ मिनेटमा अवतरण गरेका हो।

कतार एयरवेजको जहाज करिब १ घण्टा र मालिन्दोको करिब १ घण्टा १५ मिनेट काठमाडौँको आकाशमा उडेको थियो। 

प्रकाशित: १२ फाल्गुन २०७९ १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App