४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चितवनमा सात महिनामा चौध गैडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैंडा मरेका छन्। निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैंडा मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैंडा मरेका छन्। जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैंडा मारेका उनले बताए। निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैंडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो। अन्य कालगतिले मरेका हुन्।

सन् २०२१ मा गरिएको गणना अनुसार नेपालभर सात सय ५२ गैंडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ९४ गैंडा छन्। चोरी सिकारीले गैंडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको छ। यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेको छ।

गत आवमा निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैंडा मरेका थिए। निकुञ्ज क्षेत्रमा ३७ र वन क्षेत्रमा चार गैंडा मरेका तिवारीले बताऐ । गत आवमा चोरी-सिकारीबाट दुई गैंडा मरेका थिए। रासस

प्रकाशित: १० फाल्गुन २०७९ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App