२६ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु

फाइल तस्बिर।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ।

लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलो पटक अनुष्ठान सुरु गरेको हो।

नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले यही फागुन ५ गते विमोचन गर्ने कार्यक्रम रहेको छ। पशुपतिनाथ पश्चिम मूल ढोका अघि रहेको शङ्कराचार्य मठमा पुराण वाचन सुरु भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोका अघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ। कोषले यस अघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ। कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिम ढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए।

लिङ्ग पुराण महाशिवरात्रिका अवसरमा फागुन ६ गतेसम्म सञ्चालन गरिने छ। यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ।

महाशिवरात्रिका अवसरमा माघ २९ गते आइतबारदेखि नै कोषले पशुपति क्षेत्रको विशेष सफाइ अभियान सुरु गरेको छ।

प्रकाशित: १ फाल्गुन २०७९ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App