५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीका महानिरीक्षकले भेटे द्वन्द्वपीडित सशस्त्र प्रहरीका परिवारलाई

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले द्वन्दकालमा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी अधिकारीहरूको परिवारसँग भेटघाट गरेका छन्।

पर्वतको सदरमुकाम कुश्मा पुगेर अर्याल २०५८ चैत २९ गते दाङको सतबरिया घटनामा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र सापकोटाको परिवार र आफन्तजनलाई भेटघाट गरेका हुन्।

‘द्वन्द्वकाे बेलामा अंगभंग भएका तथा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारी परिवारको अवस्थाको बारेमा जानकारी लिनु भएको हो, यसले परिवारका सदस्यहरूलाई सान्त्वना प्राप्त हुने गर्छ, उहाँले परिवारको हालखबर बुझ्नु भएको छ’, सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले भने।

उनका अनुसार सशस्त्र प्रहरीले यो वर्षदेखि सम्बन्धित क्षेत्रका गण, गुल्मका कमाण्डरको नियमित भ्रमण तथा महानिरीक्षकको विशेष भ्रमणको क्रममा त्यस क्षेत्रमा घाइते, अंगभंग एवम् मृतक सशस्त्र प्रहरीका परिवारसँग भेटघाट गर्ने नयाँ परम्परा थालनी गरेको छ त्यसकै सन्दर्भमा आइजिपी अर्याल कुस्मा पुगेका हुन्।

प्रकाशित: २९ माघ २०७९ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App