२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तुलसीपुर विमानस्थलको डिपिआर पूरा

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। डिपिआर अनुसार विभिन्न चार विकल्प दिइएको छ।

अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँच सय मिटर मात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार सात सय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिने जस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताए।

उनले डिपिआरमा दिइएका विकल्पमाथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने तयारी रहेको समेत बताए। छलफलपछि निष्कर्ष निकाल्ने र त्यही अनुसार संघीय सरकारसँग बजेटका लागि पहल गर्ने तयारी रहेको जनाइएको छ।

हाल विमानस्थलको धावनमार्ग सात सय ५० मिटरमात्रै लम्बाइ छ। त्यसमा १९ सिटेभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन। त्यसैले यसलाई विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति बनाएर दबाब दिइरहेको छ।

हाल नेपाल एयरलाइन्सको १९ सिटे ट्वीनेटरले उडान भरिरहेको छ। आगामी फागुन ३ गतेदेखि सीता एयरको जहाजले पनि उडान भर्ने तयारी गरेको छ। तर,भाडा भने आठ हजार रुपैयाँ कायम रहनेछ। रासस

प्रकाशित: २९ माघ २०७९ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App