८ वैशाख २०८१ शनिबार
समाज

स्वरुप परिवर्तन गर्दा ५० वटा मोटरसाइकल कारवाहीमा

प्रहरीले पोखराका विभिन्न ठाउँमा मोडिफाई गर्दा पक्राउ परेका दुईपांग्रे सवारी । तस्बिरः नागरिक

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन (मोडिफाइ) गरेको र ध्वनि प्रदूषण गर्ने गरि तिव्रगतिमा चलाएका सवारी नियन्त्रणमा लिन थालेको छ। पहिलो दिनमै प्रहरीले ५० वटा मोटरसाईकलसँगै चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले सवारी मोडिफाई गरेको भन्दै दुइपांग्रे सवारीलाई नियन्त्रणमा लिएको हो। मोटरसाईकल मोडिफाई गरी शान्ति सुरक्षा नै भंग गराउने गरी आवाज निकाल्ने जस्ता विभिन्न किसिमका जनगुनासो प्राप्त भएपछि कास्की ट्राफिकले नियन्त्रणमा लिने अभियान नै थालनी गरेको थियो।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले सवारी मोडिफाई गरेकोले नियन्त्रणमा लिएको बताए। नियन्त्रणमा लिईएका मोटरसाईकललाई पहिलेकै स्वरुपमा परिवर्तन गर्न लगाई एकहजार रुपैयाँदेखि पाँचहजार रुपैयाँसम्म सम्म जरिवाना गर्न सकिने व्यबस्था रहेको उनले बताए। मोडिफाई सवारी चालकलाई सवारी नियम सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरेको पनि उनले बताए।

प्रकाशित: २८ माघ २०७९ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App