२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ।  

नियमित सञ्चालन गर्दा सडक स्तरोन्नतिको कामलाई बाधा पुगेको ठेकेदारको लिखित जानकारीपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बसेको बैठकले बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो। प्रजिअ पौडेलले शिवरात्रीको दिन बिहानैदेखि नियमित सडक सञ्चालन हुने र ठाँउठाउँमा मर्मत समेत गरिने बताए।  

बैठकले फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राती ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए। उनका एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई तत्कालै खुलाउने र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।  

सडक विस्तारको काम र यातायात सञ्चालन सँगै हुदाँ दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माण कार्यतालिका नै प्रभावित भएपछि सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने काम सकिएपछि अर्को बैठकले खुल्ला गर्ने बताए।  

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाले दुई किलोमिटर १०२ मिटर दुरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग रु। १२ करोड २५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता गरेको थियो। सम्झौता लगत्तै तिब्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताउनुभयो। ८५ जना मजदुरका साथै तीन वटा डोजर परिचालन गरिएको छ। दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा ८ मिटर चौडाईमा कालोपत्र गरिने भएको छ।  

बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दुरिको यो सडक वि।स। २०५३ मा मार्ग खुलेको थियो। यो म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो।  

४ देखि ६ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवत जावत नहुने, फस्ने र जाम हुने गर्दछन्। बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनी–जोमसोम९– कोरला सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सुरक्षा निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो।  गण्डकी प्रदेशको लाइफलाइन मानिएको सडकखण्ड अन्तरगत बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकले प्रयोग गर्दछन्।

प्रकाशित: २७ माघ २०७९ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App