१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अमर प्रहरी स्मारक स्थापना

जिल्ला प्रहरी कार्यालय कालिकोटपरिसरमा अमर प्रहरी स्मारक स्थापना गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालको उपस्थितिमा प्रहरी स्मारक उद्घाटन गरिएको हो।  

कालिकोट जिल्लामा रही कर्तव्य पालना गर्ने क्रममा अमर भएका २२ जना प्रहरीको नामावली र सहादत मितिसहितको नामावली स्मारकमा राखिएको छ। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले स्मारक निर्माणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै अमर प्रहरीको अस्तित्व जोगाइराख्न स्मारक आवश्यक रहेको बताए। उनले भने, ‘कालिकोट जस्तो दुर्गममा प्रहरी चौकी अभावमा सीमित स्रोत र साधनबीच कार्यालय चलाउन परेको बाध्यता, जिल्ला प्रहरी कार्यालय कालिकोटमा सभाहल नहुनु, बजारका सिसिक्यामरा बिग्रनु, हरेक प्रहरी युनिट कतै भाडामा त कतै चुहिने भवनमा बसिरहेको कुराले आपूmलाई चित्त दुखेकाले आफ्नो तर्फबाट सम्बन्धित निकायमा समयमै सिफारिस गर्न कुनै आनाकानी नगर्ने प्रतिबद्धता व्यक्त गरे। प्रहरी संगठनले शान्ति अमनचयनमा महत्वपूर्ण भूमिका खेल्दै बालविवाह, घरेलुहिंसा, मदिरा नियन्त्रण, धुम्रपान तथा सुर्तिजन्य पदार्थ उपभोगको नियन्त्रणका लागि प्रहरीले अतुलनीय योगदान गरेको नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाहीले बताए। 

प्रकाशित: २७ माघ २०७९ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App