५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

इटहरीको तरहरादेखि सेउतीसम्मको छ लेन सडक चाँडो निर्माण गर्न दबाब

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल छ लेन सडक चाँडो निर्माण गर्न दबाब दिर्दै। तस्बिर: नागरिक

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको छ लेन सडक इटहरीको तरहरादेखि धरानको सेउतीसम्म चाँडो निर्माण गर्न दबाब दिइएको छ। इटहरीका मेयर हेमकर्ण पौडेलले तरहरादेखि धरानको सेउतीसम्म पाँच किलोमिटर सडक निमार्णमा ठेकेदारले लापरवाही गरेकाले चाँडो निर्माण गर्न दबाब दिएका हुन्।

मेयर पौडेलले लामो समयदेखि ठेकेदार पक्षको लापरबाहीले काम समयमा नसकिएकाले तरहरादेखि सेउतीपुल सम्म यात्रा गर्नेलाई असहज भएकाले सर्वसाधारणले उपमहानगरपालिकालाई चौतर्फी दवाव दिएकाले ठेकेदार कम्पनीलाई सडक विस्तार आयोजनालाई काम गर्न दवाव दिइएको बताए। उपमहानगरपालिकाले यसअघि छ लेन सडक विस्तार आयोजनालाई पनि दबाब दिइएको थियो।

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ। पछिल्लो समय धरानको तिनकुनेदेखि सेउतीसम्म झन्डै चार किलोमिटर सडक विस्तार भइसकेको छ लेन सडक विस्तार आयोजना इटहरीकी इन्जिनियर अस्मिता सुवेदीले बताइन्।

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ। थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दावी  छ।

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो। पछिल्लो समय थप गरिएको छ। पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो।  

प्रकाशित: २४ माघ २०७९ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App