coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमावर्ती क्षेत्रबाट हतियार ल्याउनेसहित तीन जना सार्वजनिक

भारतीय सीमावर्ती क्षेत्रबाट हतियार खरीद गरि आपराधिक गतिविधी गर्ने नाइकेसहित तीन जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।

 प्रहरीले इटहरी वडा नं. १२ खनारबाट हतियारसहित पक्राउ परेका वडा नं. १० का ३० वर्षे मनोज भन्ने सुजित मङ्राति, उनलाई सहयोग गर्ने सोही ठाउँका मुकेशकुमार कोइराला र इटहरी वडा नं. ११ का मणीकुमार राईलाई सार्वजनिक गरेको हो।

घटनाक्रम अनुसार दुई दिनअघि मङ्रातिलाईं छ राउण्ड गोलीसहित इटहरी वडा नं. १२ बाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले मोटरसाइकल चोरीका घटनामा निगरानी गर्दा मङ्रातिलाई पक्राउ गरेको थियो। मङ्रातिलाईं पक्राउ गरेर खोजतलास गर्दा हतियार फेला परियो। त्यसपछि प्रारम्भिक अनुसन्धान गरेपछि सहयोग गर्ने व्यक्तिको रुपमा कोइराला पक्राउलाई पक्राउ गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभू ढकालले मङ्राति र कोइरालालाईं हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको बताए। राई भने लागूऔषधसहित पक्राउ परेकाले गर्दा सोही अनुसारको मुद्दा चलाइएको छ।  

‘भारतबाट हतियार खरीद गरेर ल्याउने समूह पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले स्पेशल टोली पनि गठन गरेर अनुसन्धान अघि बढाएको छ,’ एसपी ढकालले भने, ‘हतियार खरीद विक्री गर्ने समूहको कनेक्सन पत्ता लगाउने योजनाका साथ लागि परेका छौं।’  

प्रहरीले पक्राउ गरि सार्वजनिक गरिएका मङ्राति २०६७ असोज २१ गते भोजपुरको टेम्के मैयुङ् गाउँपालिका वडा नं. ६ खाल्डेका आफ्नै छिमेकी विशाल श्रेष्ठलाई हत्या गरेका थिए। श्रेष्ठको हत्यामा संलग्न भएकोमा दुई वर्षअघिसम्म झुम्का कारागार कैद सजाय भुक्तान गरेर छुटेका थिए। उनी छुटेपछि विभिन्न आपराधिक गतिविधीमा संलग्न भएको सूचनाका आधारमा उनलाई मोटरसाइकल चोरी गर्ने गिरोहको नाइकेको रुपमा फ्लो गर्दा हतियार समेत खरीद विक्री गर्ने भएको खुलेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २० माघ २०७९ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App