coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एक क्यानेडियन नागरिक पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो।  

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो। उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए। 

उनलाई विमानस्थल भन्सारले गौशला प्रहरीलाई जिम्मा लगाएको बताइएको छ।

प्रकाशित: १९ माघ २०७९ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App