४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रियुगाका ५० घरधुरी विपन्नले ‘सुरक्षित आवास गृह’ पाउने

त्रियुगा नगरपालिकाकाका भूमिहीन, अति विपन्न, दलित तथा निम्न आयस्रोत भएका आदिवासी जनजाति परिवारलाई ‘सुरक्षित आवास गृह’ निर्माण गरिदिने तयारी भएको छ। ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनलसँगको साझेदारीमा लक्षित वर्ग तोकेर नगरले सुरक्षित आवास गृह बनाइदिन लागेको हो। 

सो विषयमा अघिल्लो दिन नगरपालिकाले सम्बन्धित दातृ निकाय र साझेदार संस्थासँग सम्झौता गरेको छ। नगरपालिकामा आइतबार आयोजित एक कार्यक्रममा नगरप्रमुख बसन्तकुमार बस्नेतले इन्टरनेशनल, स्थानीय साझेदार गैरसरकारी संस्था मानव अधिकार र वातावरण विकास केन्द्र ९हुरेन्डेक०सँग सम्झौता गरेको हो। 

नगरक्षेत्रभित्रका भूमिहीन, अति विपन्न, दलित तथा अदिबासी जनजाति परिवारलाई सुरक्षित राख्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। उनीहरुलाई १२ महिनै घाम पानी र आँधी हुरीबाट बचाई राख्न सुरक्षित आवास गृह निर्माण गर्ने परियोजना अघि बढाइएको मेयर बस्नेतले बताए। नगरपालिका, ह्याबीट्याट फर ह्युम्यनीटी इन्टरनेशनल र हुरेण्डेक गरी त्रिपक्षीय साझेदारीमा सञ्चालन हुने परियोजनाले दलित, विपन्न, गरिब र भूमिहीन नरबासीलाई सहयोग पुग्ने उनले बता। 

परियोजना अन्तर्गत नगरपालिकाका ५० घरधुरी परिवार लाभान्वित हुने पनि मेयर बस्नेतले बताए। उनका अनुसार भूमिहीन, अति विपन्न, दलित, आदिवासी जनजाति परिवारलाई १० धुर जग्गामा भान्सा कोठा र बस्न, सुत्नका लागि २ वटा खाट ९बेड० राख्न मिल्ने एउटा कोठा र शौचालयसहितको आवास गृह निर्माण गरिनेछ। जसमा त्रियुगा नगरपालिकाले निश्चित प्रतिशत हिस्सा लगानी गर्नुपर्ने छ भने ह्याबीट्याट फर ह्युम्यनीटी इन्टरनेशनलले बाँकी रकम सहयोग गर्नेछ। 

साझेदार संस्था हुरेण्डेकले प्राविधिक सहयोगसँगै जन परिचालन र अनुगमनको काममा सम्वन्य गर्नेछ। सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट बस्नेत, ह्याबीट्याट फर ह्युम्यनीटी इन्टरनेशनलको तर्फबाट रामबहादुर श्रेष्ठ र हुरेण्डेकको तर्फबाट अध्यक्ष शंकर थापाले हस्ताक्षर गरेका छन्। त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै परियोजना सुरुवातको बाटो खुलेको छ। 

लक्षित समूहका ५० वटा आवास गृह निर्माणका लागि २ करोड ४० लाख रुपैयाँ लगानी हुनेछ। जसमध्ये नगरपालिकाले १ करोड बेहोर्नेछ भने बाकी रकम ह्याबीट्याट फर ह्युम्यनीटी इन्टरनेशनलले बेहोर्ने सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले बताए। अधिकृत वनका अनुसार परियोजनाले नगर क्षेत्रभित्र रहेका अति विपन्न, गरिब, भूमिहीन दलित तथा आदिवासी जनजाति परिवारलाई यो सहयोग कोशेढुंगा साबित हुने अनुमान गरिएको छ। 

‘त्रियुगा नगरपालिकामा यस्ता थुप्रै घरधुरी गरिब, दलित, भूमिहीन घर परिवारको बसोबास रहेको छ’ अधिकृत वनले भने ‘त्यसमध्ये पहिलो चरणमा ५० घरधुरीले मात्र भए पनि सुरक्षित आवास गृह पाउनु ठुलो कुरा हो।’ उनले आगामी वर्षहरूमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै लगिने उनले बताए। सहयोगी निकाय भए पनि नभए पनि नगरपालिकाले यस्तो परियोजना आफैले भए पनि सञ्चालन गरेर नगरबासीलाई १२ महिनै सुरक्षित घामपानी, हावाहुरीबाट बाँच्न पहल थाल्ने उमेश पाण्डेले बताए। 

चालु आर्थिक वर्षको आउँदो असारसम्ममा आवास गृह निर्माण सम्पन्न गरिसक्ने गरी काम थाल्ने पनि  वनले बताएका छन्। सम्झौता कार्यक्रममा नगर उपप्रमुख महेश्वरी राई, सामाजिक विकास शाखा प्रमुख राजकुमार खड्का, बिभिन्न वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १६ माघ २०७९ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App