७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बेपत्ता खत्रीको शव सशस्त्रको गोताखोर टोलीद्वारा फेला

काठमाण्डौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण तथा नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करिब सय मिटर तल फेला पारेको हो। तीन दिनपछि फेला पारिएको उनको शवलाई आजै सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले नेपाल प्रहरीलाई बुझाएको छ।

यही माघ २ गते बा ५ च ५६५४ नंको कार नदी किनारमा खसेको थियो। दुर्घटनामा कारमा सवार काठमाडौँ दक्षिणकाली नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए। उक्त दुर्घटनामा अम्बिका लामिछाने घाइते भएकी थिइन्।

प्रकाशित: ५ माघ २०७९ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App