६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

दुई सचिवको सरुवा

सरकारले २ जना सचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २ जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। शर्मा वरिष्ठ सहसचिवबाट सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति सिँचाइ मन्त्रालयमा गरिएको थियो।  

उच्च कर्मचारीका लागि सिँचाइभन्दा भौतिक पूर्वाधार मन्त्रालय बढी आकर्षक मानिन्छ। बैठकले मन्त्रीहरूले विदेशी कूटनीतिक नियोगका प्रतिनीधिहरू भेट्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई राख्नुपर्नै पनि निर्णय गरेको छ। बैठकले विभूषण तथा पदक वितरणका विषयमा उचित मापदण्ड बनाउने भएको भने उखुको मूल्य प्रतिक्विन्टल ५४ सय रूपैयाँ तोकेको छ। त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रूपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ। सञ्चारमन्त्री रेखा शर्मालाई सकारको प्रवक्ता तोकिएको छ।

प्रकाशित: ५ माघ २०७९ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App