१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीद्वारा लागू औषधसहित दुई पक्राउ

सशस्त्र प्रहरी धनुषाले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

आइतबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागू औषधसहित विदेह नगरपालिका–१ स्थित बोर्डर आउट पोस्ट (बिओपी) महिनाथपुरबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी धनुषाका एसपी आकाश कुमार सुवेदीले जानकारी दिए।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ का ३४ वर्षीय खलिल राइन र गणेशमान चारनाथ नगरपालिका ४ का २७ वर्षीया गुडु आलम रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट हार्डजेपाम ७५ वटा,पेरागन इन्जेक्सन ७० वटा र आई पि.पि.एल इन्जेक्सन ७५ वटा  बरामद गरेको एसपी सुवेदीले जानकारी दिए।

बिओपी महिनाथपुरको मूलगेटमा डिउटीमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २ ०२-००४ प-६३१५ नम्बरको रातो कालो रंगको पल्सर मोटरसाइकल चढी आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले मोटरसाइकल रोकी चेकजाँच गर्दा आलामले लगाएको कालो हाफज्याकेट भित्र राखेको पलाष्टिक झोला भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेको दुबै जनालाई मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय खजुरी पठाइएको छ।

प्रकाशित: २४ पुस २०७९ १६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App