१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सशस्त्रले खोज्यो भारतीय सीमा सुरक्षा बलबाट हराएको बन्दुक

भारतीय सशस्त्र सीमा सुरक्षा बलबाट हराएको एसएमजी र गोली बरामद गरिएको स्थानमा भारतीय सुरक्षाकर्मीसँगै रहेका बिओपी गोलागंजका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक परशुराम लामिछाने।

सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनी र बिओपी गोलागंजबाट खटिएको सशस्त्र प्रहरीको टोली मंगलबार भारतीय सशस्त्र सीमा सुरक्षा बलबाट हराएको म्यागजीन सहित एसएमजी (बन्दुक) र त्यसमा प्रयोग हुने गोली खोज्न सफल भएका छन्।

सिम्रौनगढ नगरपालिका ६ सतुवाही सीमा पारी रहेको भारतीय सशस्त्र सीमा सुरक्षा बलको अठमुहान गाउँमा रहेको ७१ औँ बटालियन जी कम्पनीबाट आइतबार म्याजीन सहित एक थान एसएमजी र त्यसमा प्रयोग गरिने ३५ राउण्ड गोली सहितको झोला हराएको थियो।

सीमा पारी रहेको भारतीय सशस्त्र प्रहरीको क्याम्पबाट म्यागजीन सहित एसएमजी र त्यसमा प्रयोग गरिने ३५ राउण्ड गोली चोरी गरेर नेपाल तर्फ लागेको हुन सकने जानकारी आएको सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनीले जनाएको छ।

भारतीय सशस्त्र सीमा सुरक्षा बलबाट चोरी गरिएको हतियार खोजी गरिदिन अनुरोध गरिए पछि हतियार खोजी गर्नको लागि बिओपी गोलागंजका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक परशुराम लामिछानेको कमान्डमा बाहिनीबाट बिशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनीका बाहिनिपति गणेश ठाडामगरले बताएका छन्।

आइतबार राती देखी हराएको हतियारको बारेमा खोज तलास गर्दै जाँदा हतियार नेपालमा भित्र्याउने अवस्थामा सीमावर्ती पूर्वी चम्पारणको बिजबनी पञ्चायतको अलियास आलम अन्सारीको घर अगाडी रहेको जानकारी आए पछि भारतीय सशस्त्र सीमा सुरक्षा बललाई जानकारी गराइएको ठाडामगरले बताए।

झोला सहित चोरी गरिएको हतियार भेटिए पछि त्यसलाई ७१ औँ बटालियनका सहायक बटालियन कमान्डर बिश्वजीत तिवारीको जिम्मा लगाइएको छ। हतियार सहितको झोला सोमबार दिउँसो जिम्मा लगाइएको ठाडामगरले जनकारी दिए।

प्रकाशित: १२ पुस २०७९ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App