१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुको रामघाट पुल नजिकै एक पुरुषको शव फेला

कपिलवस्तुको रामघाट पुल नजिकै एक जना पुरुषको शव फेला परेको छ। आइतबार बिहान पुलको २० मिटर पश्चिम नदी किनारमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माको शव फेला परेको हो।

वडा प्रहरी कार्यालय तौलिहवा अनुसार बर्मा पारिवारिक मनमुटाबका कारण गत पुस ६ गते देखि सम्पर्क विहीन बनेका थिए। बहुविवाह मुद्दामा जेल सजाय काटेर आएका उनी पारिवारिक कलहका कारण तनावमा थिए।

बर्माले रामघाट पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका थिए। बर्माले प्रयोग गर्ने मोबाइल र पुलमा जुत्ताको निशान समेत भेटिएको प्रहरीले जनाएको छ। बर्माको शवलाई पोस्टमर्टमकालागि कपिलवस्तु अस्पताल लगिएको छ।

प्रकाशित: १० पुस २०७९ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App