१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको कटहरी गाउँपालिकामा शनिवार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ।  

कटहरी–६ हुरहुरीयामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ८८८९ नम्बरको मोटरसाइकल राति पौने १० बजेतिर आफैँ अनियन्त्रित भई  दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। मोटरसाइकल चालक मोरङको धनपालथान गाउँपालिका–५ का ३५ वर्षीय सुरजकुमार सरदारको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।  

दुर्घटनामा परी घाइते भएका सरदारको विराटनगरस्थित कोसी अस्पताल पु¥याउन साथ उनलाई चिकित्सकले मृत घोषित गरेको ट्राफिक प्रमुख कार्कीले बताए। सडकमा भएको खाल्डाखुल्डीका कारण सवारी अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक सरदारको साथमा सवारी चालक अनुमति पत्रलगायतका कागजात नभेटिएको र शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: १० पुस २०७९ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App