२७ पुस २०८१ शनिबार
image/svg+xml
समाज

जाडो बढ्यो: आउनुहोस, एकछिन आगो तापौं

रौतहटको गौर नगरपालिकाको अधिकांश चोक तथा सार्वजनिक स्थानमा दाउरा बालिएको छ। नगर प्रमुख शम्भु साहको पहलमा वन आपूर्ति समितिबाट दाउरा ल्याई चोक चोकमा आगो बालिएको हो।

तिन दिनदेखि अत्यधिक जाडो बढेको रौतहटमा नगरवासीका लागि चोक तथा सार्वजनिक स्थलमा दाउराको व्यवस्थापन गर्ने गौर पहिलो पालिका बनेको छ। नगरपालिकाको समन्वयमा सयौँ मानिस दाउरा व्यवस्थापन तथा चोकको निगरानीमा खटिएका छन्।

शीतलहरी र जाडोबाट बच्न नगरका मुख्य चौकहरुमा दाउराको व्यवस्था गरिएको र हरेक वडामा दाउरा पुर्‍याउन थप टोली परिचालन गरिएको नगर प्रमुख साहले बताए।

शीतलहरको समयमा चोक चोकमा दाउरा बालेपछि वृद्ध, बालबालिका तथा महिलाका साथै बटुवाहरुले आगो ताप्ने सुविधा पाएका छन्। जाडोबाट केही समय भए पनि जोगाउन र जीउ तताउनको लागि चोकमा बालिएको आगोले फाइदा गरेको स्थानीयको भनाइ छ।

प्रकाशित: ९ पुस २०७९ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App