८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सर्लाहीमा भारतीय टेम्पुबाट गाँजा र रक्सी बरामद

सशस्त्र प्रहरी बल सर्लाहीले भारतीय टेम्पुबाट लागू औषध गाँजा र रक्सी बरामद गरेको छ। नेपालबाट भारततिर तस्करी गरी जान लागेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा र रक्सी बरामद गरेको हो।

सशस्त्र प्रहरीले सर्लाहीको सीमावर्ती क्षेत्रस्थित बाराउद्योरणबाट लागू औषध गाँजा र सोफी रक्सीसहित एउटा भारतीय टेम्पुलाई नियन्त्रणमा लिएको हाे। 

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले विष्णु गाउँपालिका १ बारा उद्योगबाट ४ केजी गाँजा र २६ कार्टुन सोफी रक्सीसहित बीआर ०१ आरडी ५६८३ नम्बरको टेम्पु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए।

गाँजा तथा रक्सी भारत लान खोज्ने व्यक्ति भने गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएको र बरामद गरिएको रक्सी, गाँजा र टेम्पु थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र एसपी खनियाँले बताए।

प्रकाशित: ६ पुस २०७९ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App