१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शिशुको शव फेला

अर्घाखाँचीको सन्धिखर्कमा शिशुको बेवारिसे शव फेला परेको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर १, गुन्टेखोला नजिक कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशु फेला परेको प्रहरी कार्यालयले जनाएको छ।

बच्चा कसको हो ? के कारणले बेवारिसे छोडिएको हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचाना अधिकारी कृष्ण घिमिरेले बताए। एक प्रत्यक्षदर्शीका अनुसार शिशुको शारीरिक बनावट हेर्दा उमेर पुगेर नै जन्मिएको अनुमान गर्न सकिन्छ।

उक्त शिशु छोरा रहेको छ। कुकुरले आधा बच्चा खाईसकेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ।

प्रकाशित: ३ पुस २०७९ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App