१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

झोलुङ्गे पुलको मर्मत नहुँदा दैनिक सास्ती

कालिकोटको शुभ कालिका गाउँपालिका ६ हाउडीको झोलुङ्गे पुल मर्मतमा कसैको ध्यान नपुग्दा विद्यार्थी र स्थानीयले सास्ती भोग्नु परेको छ।

३ बर्ष पहिले निर्माण गरिएको करिब १९ मिटर लामो झोलुङ्गे पुलमा लगाइएको लठाहरु असोज १९ गते देखि ५ दिन सम्म परेको बर्षासंगैको बाढीपहिरोले बगाएपछि काठको भरमा यात्रा गर्न स्थानीयहरू बाध्य भएका छन्।

जीर्ण पुलबाट विद्यार्थीलाई समेत आवतजावत गर्न समस्या भएको छ। दैनिक १५–२० जना विद्यार्थी ज्यान जोखिममा पारेर चन्द सूर्य माध्यमिक विद्यालयमा अध्ययनका लागि आउने गरेको विद्यालयका एक शिक्षक बताए।

उनले भने, 'म र मेरा विद्यार्थी ज्यान जोखिममा पारेर ओहोर दोहोर गर्नुपर्छ, स्थानीय सरकारले चासो नदेखाउँदा हामीले सास्ती खेपिरहेका छौँ।'

घाँस दाउराका लागि समेत खोलाबाट वारपारी गर्दा समस्या भएको स्थानीय बताउँछन्। यता हप्ता दिन भित्र पुल मर्मत गर्ने प्रतिबद्धता दिएका वडाध्यक्ष समेतको ध्यान पुल मर्मतमा नगएको स्थानीयले बत्ताउँछन्।

स्थानीयका अनुसार पुल मर्मत नभएपछि आफूहरूले काठमाथि बाट हिँड्ने बनाएको बताइएको छ।स्थानीय सरकार गाउँमै आयो अब त विकास हुन्छ भनिरहँदा झन् कालिकोटका नागरिकले सास्ती पाउनुपरेको छ।

केही दिन पहिले जिते बजारको पुलमा पनि स्थानीयले भर्‍याङ बनाएर आवतजावत गर्दा त्यो पुल भाइरल बनेको थियो।

प्रकाशित: १ पुस २०७९ १५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App