१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेहा र नेहारिका प्रहरीको नियन्त्रणमा

महोत्तरीको नेहा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार रामगोपाल नगरपालिका-५ रामगोपालस्थित बजार  बन्द गराउन आन्दोलनमा उत्रिएका नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतललाई पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिए।

महोत्तरीको रामगोपालपुर नगरपालिका-५ की नेहाले श्रीमान पंकज चौधरी सहित ६ जना विरुद्ध मुद्दा दर्ता गराएपनि पंकजलाई मात्रै पक्राउ गरेर नहुने भन्दै उनीहरूलाई पनि पक्राउ गर्न माग राखी आन्दोलनमा उत्रिएका थिइन्।

सासु र ससुरालाई समेत पक्राउ गर्नुपर्ने भन्दै हिजोदेखी रामगोपालपुर बजारमा नेहा स्थानीयको सहयोगमा सडक आन्दोलनमा उत्रेका हुन्। आन्दोलनमा सहभागीहरुले सवारीसाधन तोडफोड गरेपछि नेहा र नेहारिकालाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाइएको छ। पक्राउ परेको दुबैजनालाई प्रहरी जिल्ला प्रहरी कार्यलय जलेश्वरमा राखिएको छ।

नेहाले श्रीमान् पंकजमाथि पाँचवटा मुद्दा दिएकी छिन्। अंश मानाचामल,घरेलू हिंसा,जलसाजी, लिखित बदर र दाइजो सम्बन्धी कसुर मुद्दा पंकजमाथि दिएकि हुन्। दाइजो मुद्दामा ५१ लाख नगदसहित सरसमान र पाँचवर्ष कैद दाबी गरिएको छ।

नेहा र पंकजको घटनामा सात वटा मुद्दा दर्ता भएको छ। पाँचवटा मुद्दा नेहाले पंकजमाथि गरेकी छिन् भने दुई मुद्दा पंकजले नेहामाथि दिएका छन्। पंकजले जिल्ला अदालत महोत्तरीमा सम्बन्ध विच्छेद र उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दिएका छन्। सम्बन्ध विच्छेद मुद्दामा सुनवाई सुरु भएको छैन्।

प्रकाशित: २९ मंसिर २०७९ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App