१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा बिहे भोज खाएका दुई सय बढी बिरामी

मनिस अधिकारी गैँडाकोट वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा चितवन गार्डेन रिर्सोटमा जन्ती आएका थिए। मंसिर २३ गते साथीको जन्ती आएका उनी भोलिपल्ट (मंसिर २४ गते) नै बिरामी भए। अहिले उनी भरतपुरको नेशनल सिटी अस्पतालमा उपचाररत छन्।

‘बिहेको भोलिपल्ट नै पेट दुख्यो। त्यसपछि बान्ता आउन थाल्यो,’ मनिसले भने, २५ गतेबाट डायरिया सुरु भएको छ। आज मात्रै १० पटक डायरिया भइसक्यो।’ सुरुमा आफू मात्रै बिरामी भएको आशङ्का गरेका अधिकारीले पछि अरू अधिकांश बिरामी भएको थाहा पाए।'

चितवनको भरतपुरमा बिहे भोज खाएका दुई बढी बिरामी भएका छन्। नवलपुरको गैँडाकोटबाट भरतपुर जन्ती आएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन्। भोज खाएपछि केटा र केटी पक्ष दुवैतर्फ बिरामी भएको दुलहीका दाइ विशाल अधिकारीले जानकारी दिए। गुणस्तरहीन खाना खुवाएर बिरामी बनाउने होटल सञ्चालकलाई कारबाही गर्नुपर्ने उनले बताए।

गैँडाकोट वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा आफन्त र साथीभाइ जन्ती आएका थिए। दुलही करिष्मा अधिकारीको घर हाकिम चोक भएपनि रिसोर्टबाट बिहे भएको थियो। भोज खाएकाहरूलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका सविन लम्सालले बताए। बिहे भोजमा करिब पाँच सय जनाले खाना खाएको लम्सालले जानकारी दिए।

मासु खाएका सबै जना बिरामी भएको र त्यसमध्ये ४० जना नेशनल सिटी अस्पतालमा भर्ना भएको उनको भनाई छ। अस्पताल नआउने पनि धेरै रहेको उनले बताए।

‘म घरमै उपचार गरेर अस्पताल भर्ना भएको छैन,’ उनले भने ‘कति बिरामी हुनुभयो भन्न सक्ने अवस्था छैन। तर बिहेमा सहभागि भएका अधिकांश बिरामी हुनुभएको छ।’ उनले आफूलाई टाउको दुख्ने, ज्वरो आउने र डायरिया भएको बताए।

अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले एउटै भोजमा सहभागी बिरामीले अस्पताल भरिएको बताए। ‘एउटै भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरू अस्पताल आउने उपचार गर्ने जाने क्रम अहिले पनि चलिरहेको छ’– उनले भने। भरतपुर अस्पतालमा पनि केही बिरामी रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।

नेशनल सिटी अस्पतालमा सोमबारबाट फुट पोइजनका बिरामी आउन थालेका हुन्। दुलाहा, दुलही पक्षका मानिसहरू बिरामी भएपछि चितवन गार्डेन रिसोर्टले नै एम्बुलेन्समा बिरामीलाई अस्पतालसम्म ल्याएको हो।

‘बिहे भोजमा सहभागी भएका अधिकांश बिरामी भएको थाहा पायौँ,’ अस्पतालका सञ्चालक हरि अधिकारीले भने, ‘पहिले बिरामीको उपचार गर्नपर्छ भनेर हामी लागेका छौँ। मेरो परिवारका तीन जना नै अस्पतालमा भर्ना हुनुहुन्छ।’ कुन खानामा फुट पोइजन हो भन्ने कुरा अझै पत्ता नलागेको उनले बताए।

बिरामीको उपचार होटेलले गरिदिने उनले बताए। बिहे भोजमा पाँच सय भन्दा बढी सहभागी भएको अनुमान छ। चितवनमा अघिल्लो बर्ष पनि बिहे भोजमा सहभागी भएका फुड पोइजन भएर बिरामी भएका थिए। होटेल सञ्चालकहरुले खाद्यको गुणस्तरमा ध्यान नदिँदा उपभोक्ता समस्यामा पर्दै आएका छन्।

प्रकाशित: २६ मंसिर २०७९ १६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App