coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

काठमाडौंको मुलपानीबाट बोडेतर्फ आउँदै गरेको बा ७६ प ९०३५ नम्बरको स्कुटरले चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे बस्ने वर्ष ४४ सन्तबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

भक्तपुर प्रहरी परिसरले जनाए अनुसार दुर्घटनापछि उपचारका लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो। त्यहाँबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्पताल रिफर गरिएको थियो। उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो।

भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटर चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं ७ घर भई हाल काडमाडौं बौद्ध बस्ने वर्ष २२ को पाल्देन लामालाई नियन्त्रणमा लिइएको जनाए।

प्रकाशित: २४ मंसिर २०७९ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App