२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

हुलाकी सडक बनाउनुपर्ने माग गर्दै सर्लाहीमा चक्का जाम

वर्षौँदेखि हुलाकी सडकको सपना देखिरहेका सर्लाहीवासीले तत्काल बन्नुपर्ने माग गर्दै चक्का जाम गरेका छन्।

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ६ मुसैलीका स्थानीयवासीले हुलाकी सडक निर्माण गर्नुपर्ने माग राखी बुधवार चक्का जाम गरेका हुन्।

दशकौँदेखि हुलाकी सडक निर्माण कार्य भइरहेता पनि, सडक निर्माण हुनुको साटो स्थानीयले धुलो र धुवाँको कुहिरीमन्डल भोग्नु परिरहेको बताउँदै यथाशीघ्र निर्माण हुनुपर्ने माग सहित स्थानीयवासी प्रदर्शनमा उत्रेका हुन्।

अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको धुलोले हैरान भएको बताउँदै स्थानीयहरूले सडकमा टायर बालेर चक्काजाम गरेका हुन्। स्थानीयले पटक–पटक आश्वासन पाउँदा पनि हुलाकी सडक कालोपत्रे नभएकाले चक्काजाममा उत्रन बाध्य भएको स्थानीयहरूको भनाइ छ।

आन्दोलित स्थानीयहरूले ठेकेदार तथा प्रतिनिधिले ठोस आश्वासन दिएपछि मात्रै आन्दोलन रोकिने बताएका छन्। अब दिइएको आश्वासन समयमा पूरा नभए आन्दोलन भइरहने स्थानीयवासी चेतावनी छ। हुलाकी सडकको निर्माणको माग गर्दै सर्लाहीमा पटक पटक आन्दोलन हुने गरेको छ।

प्रकाशित: २१ मंसिर २०७९ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App