१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय जुम्लाले जडिबुटी बोकेर आउदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो।

मंसिर १८ गते बेलुका ७ बजेर ५० मिनेटमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ट्रयाक्टरमा सुनपाती नामक २० बोरा जडिबुटी रहेको प्रहरीले जनाएको छ। गुठिचौर गाउँपालिका – १ अस्थायी प्रहरी पोष्ट चौत्राबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारेको हो। जडिबुटीको छुट पुर्जी नभेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द चन्दले बताए। 

आवश्यककार्वाहीका लागि ट्रयाक्टर चालक र सुनपाती नामक जडिबुटीडि डिभिजन बन कार्यालय जुम्लामा  बुझाईएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App