coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गरुडा नगरपालिकाले दियाे अपाङ्ग व्यक्तिहरूलाई निःशुल्क ह्वील चियर

रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले अपाङ्गहरूलाई ह्वील चियर प्रदान गरेका छन्। रोटरी क्लब धुलिखेल र गरुडा नगरपालिकाको सहकार्यमा नगर क्षेत्रभित्रका ३० जनालाई निःशुल्क ह्वील चियर नगर प्रमुख कलवारले प्रदान गरेका हुन्।

३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नगर प्रमुख कलवारले फरक क्षमता भएका प्रतिभावान व्यक्तिहरूलाई नगरपालिकाले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। कुनै पनि किसिमको अपाङ्गता भएका व्यक्तिमा फरक किसिमको क्षमता रहेको हुनाले अवसर मिलाउन विभिन्न संघ संस्थासंग नगरपालिका सहकार्य गर्न तयार रहेको उनले बताए।

समारोहमा नगर प्रमुखले अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको रोहबरमा ह्वील चियर प्रदान गरेका हुन्। उनले ह्वील चियर प्राप्त गर्नेहरू निकै खुसी भएका र आवतजावत गर्न अब निकै सहुलियत हुने बताए।

प्रकाशित: १८ मंसिर २०७९ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App