१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लामा एक महिलाको मृत्यु

जुम्लाको सिंजा गाउँपालिका-४ भुलिगाउँमा कोठामा झुन्डिएर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार अन्दाजी २१ वर्षीया राममाया बुढा बस्ने घरको माथिल्लो कोठामा झुन्डिएर मृत्यु भएको हो। 

डिएसपी चन्दले भने, 'मृत्यक राममाया बुढाले आफ्नो माइतीघरको तेस्रो तलामा झुन्डिएर आत्महत्या गरेकी हुन्। के-कति कारणले झुन्डिएकी हुन भन्ने अनुसन्धानबाट मात्रै थाहा हुन्छ।'  

इलाका प्रहरी चौकी नराकोटका इन्चार्ज गोविन्द बोहोराका अनुसार मृत्युक राममायाको पोइली घर जुम्लाको तातोपानी गाउँपालिका-४ गिडिखोला गाउँमा भएको हो। उनी १० महिनादेखि माइतीघर बस्दै आएकी थिइन्। पोइली घरमा सामान्य झगडा भएको भन्ने बुझिएको छ। उनको साथमा दुई वर्षकी छोरी पनि छ।

जिल्ला प्रहरी कार्यालय जुम्लामा दिउँसो साढे २ वजे जानकारी भएको हो। जिल्ला बाट प्रहरी निरिक्षको टोली घटनास्थलमा पुगिसकेको छ। शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ।

प्रकाशित: १८ मंसिर २०७९ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App