८ वैशाख २०८१ शनिबार
समाज

धनगढीमा विद्यार्थी मृत्यु प्रकरण: पोशाकमै २ विद्यार्थी पक्राउ गरेपछि प्रहरीविरुद्ध प्रदर्शन

धनगढीमा कक्षा ८ मा अध्ययनरथ १५ वर्षीया चेतना साउंदको  ग्रीडरले कुल्चेर ज्यान गएको घटनाको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रेका छन्।  

बजारमा टायर बालेर र पसल बन्द गरेर विद्यार्थीहरु प्रदर्शन गरिरहेका छन्। गाडिले कुल्चेर सहपाठिको ज्यान गएपछी विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीलाई प्रहरीले धरपकड गरेको छ। विद्यार्थी पोशाकमै रहेका दुई बालकलाई प्रहरीले पक्राउ गरेको छ। आफूले कुनै गल्ती नगरेको भनिरहेका विद्यार्थीलाई प्रहरीले जवरजस्ती भ्यानमा हालेर लगेपछी सहपाठी गुमाएर न्यायको लागि प्रदर्शन गरिरहेका विद्यार्थी आक्रोशित भएका हुन्। उनीहरुले प्रहरीविरुद्ध चर्का नाराबाजी गरेर धनगढीमा प्रदर्शन गरिरहेका छन्।

विद्यार्थी पक्राउ गर्न पाइदैन, हामिलाई न्याय दे, प्रहरी चोर हुन लगायत प्रहरीविरुद्ध चर्का नारा लगाइरहेका छन्। धनगढी ऐश्वर्य विद्या निकेतन, ग्यालेक्सी उच्च माबि, पंचोदय माबि लगायतका विद्यालय बन्द भएका छन्। आक्रोशीत विद्यार्थीहरु धनगढीमा पसल र बजारक्षेत्रमा पसल र यतायात बन्द गराउदै हिडेका छन्।  

कैलाली प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले ढुङ्गामुढा गरेकाले २ विद्यार्थी पक्राउ गरेको बताए। पक्राउ परेका विद्यार्थीले भने ढुङ्गामुढा नगरेको बताएका छन्।

विद्यालय जाँदै गर्दा धनगढी पिपल चौतारा नजिक विहान १०:२० बजेको समयमा तारानगरकी १५ वर्षीया छात्रा चेतना साउँदलाई ग्रेडरले किचेको हो। उनको घटनास्थलमै मृत्यु भएको थियो।

ना १ क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको  ग्रेडरले पिपल चौतारा नजिक पानी पिच गरिरहेका बेला ब्याक गर्दा साइकलमा विद्यालय जाँदै गरेकी छात्रालाई किचेको थियो। प्रत्यक्षदर्शीले ठक्कर लागेर उठन खोज्दा बालिका ब्याक गरेर ग्रीडरले किचेको आरोप लगाएका छन्।

ग्रेडर र चालक चितवन भरतपुर महानगरपालिका वडा नम्बर २८  बस्ने वर्ष २७ का विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चेतना स्थानीय पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन्।

 

प्रकाशित: १५ मंसिर २०७९ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App