३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

सीताराम विवाह महोत्सव सम्पन्न, जन्तीलाई गरियो विदाई

प्राचीन मिथिलाको राजधानी जनकपुरमा मिथिलावासीले प्रत्येक वर्ष धुमधामका साथ मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आज सम्पन्न भएको छ।

भारतको अयोध्या तथा जनकपुरकै राममन्दिरबाट आएका जन्तीलाई जानकी मन्दिरको प्राङ्गणमा मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी रामजानकी विवाह महोत्सव सम्पन्न भएको हो।

सप्ताहव्यापी रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा अर्थात जन्ती विदाइका दिन जन्तीलाई छप्पन प्रकारको खाना खुवाई लुगा र कोसेली दिई बिदाई गरेपछि विवाह महोत्सव विधिवत रूपमा सम्पन्न भएको छ।

सोमबार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्परा अनुसार विवाह भएको थियो। सीताराम विवाहको जानकी मन्दिरको प्राङ्गणमा विवाह मण्डप बनाइएको थियो। रामजानकी विवाह महोत्सवको अवसरमा जानकी मन्दिरलाई नवदुलही झै सिँगारिएको थियो। जानकी मन्दिर प्राङ्गणमा निर्मित आकर्षक मञ्चमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको मूर्तिमा विधिवत पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरिएको हो।

सप्ताहव्यापी मनाउने रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन सोमबार रामकलेवा भएको हो। रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत रुपमा सम्पन्न भएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए। 

प्रकाशित: १३ मंसिर २०७९ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App