२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति मृत्यु भएको हो।

दुर्घटनामा सख्त घाइते भएका उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७९ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App