३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

इलाम २ मा मतगणना सुरु, क्षेत्र १ को सुरु गर्ने तयारी

इलाम सदरमुकामको सिटी हलमा क्षेत्र २ को मतगणना सुरु गरिँदै। तस्बिर: भीम/नागरिक

इलामको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। अपराह्न पौने २ बजे सदरमुकामस्थित सिटीहलमा मतगणना सुरु भएको हो। 

प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैतर्फको र यही क्षेत्रको प्रदेशसभा २ को पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फको गणना एकैपटक सुरु गरिएको छ।

इलामको प्रतिनिधिसभा क्षेत्र २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेकामा ६९ हजार ४ सय ८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यो क्षेत्रमा नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसमेत उम्मेदवार रहेको क्षेत्र १ को मतगणना पनि केहीबेरमा सुरु हुँदैछ। सूर्याेदय नगरपालिकाको फिक्कलमा यो क्षेत्रको मतगणना हुँदैछ।

यो क्षेत्रमा खनाल र नेकपा (एमाले) जिल्ला अध्यक्ष महेश बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ।

२ लाख २४ हजार ८ सय ७७ कुल मतदाता रहेको इलाममा १ लाख २८ हजार ६ सय १७ मत खसेको कार्यालयले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७९ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App