२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

कैलाली–१ मा ६० प्रतिशत मतदान

कैलाली–१ मा आज सम्पन्न निर्वाचनमा ६० प्रतिशत मत खसेको छ। कुल १ लाख ७ हजार ६७२ मतदाता मध्ये ६४ हजार ९९९ जनाले मतदान गरेका छन्।

प्रदेश निर्वाचन क्षेत्र नं.(क) बाट ५२ हजार ५८१ मध्ये ३५ हजार १६२ र क्षेत्र नं. (ख) बाट ५४ हजार १२२ मध्ये ३५ हजार १६२ मत खसेको छ।

प्रदेशनिर्वाचन क्षेत्र नं.(क) अन्र्तगत जोशीपुर गाउँपालिकाबाट १७ हजार ४७९, जानकी गाउँपालिकाबाट १२ हजार १९२ र भजनी नगरपालिकाबाट ५ हजार ४९१ मत खसेको छ। सो प्रदेश निर्वाचन क्षेत्रमाजोशीपुर गाउँपालिकाका सबै वडा, जानकी गाउँपालिकाका पाँच वडा र भजनी नगरपालिकाका दुई वडा रहेका छन्।

टीकापुर नगरपालिकाका नौवटा वडा प्रदेश निर्वाचन क्षेत्र (ख) अन्र्तगत पर्दछन्। तीमध्ये सबैभन्दा बढी मतदाता रहेको वडा नं. १ का तीन मतदानस्थलबाट ११ हजार ३५० मत खसेको छ। यहाँ २२ हजार ४ मतदाता छन्।

मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकृत राजेन्द्र सिँह भण्डारीले जानकारी दिए। उनले मतदान कार्यमा सामान्य विवाद बाहेक कुनै समस्या नदेखिएको बताए।

यति बेला मतपेटिका संकलन भैरहेको छ। मतपेटिका संकलन भैसकेपछि मतगणना कार्य सुरु हुने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा मत गणनाको व्यवस्था मिलाईएको छ।

कैलाली–१ माप्रतिनिधि सभामा गठबन्धनका तर्फबाट पूर्वमन्त्री तथा काँग्रेस केन्द्रिय सदस्य रामजनम चौधरी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपा एमालेका तपेन्द्रबहादुर रावल लडेका छन्। श्रेष्ठ यस अघिका साँसद रेशमलाल चौधरीकी पत्नी हुन्। चौधरी टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा छन्।

त्यस्तै प्रदेशतर्फ क बाट गठबन्धनका तर्फबाट नेकपा माओवादीका दीर्घराज बिनाडी, जसपाकाभगतराम चौधरी, नागरिक उन्मुक्तिका कैलाश चौधरी प्रतिस्पर्धामा छन्। प्रदेश ख मा गठनबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावल, नागरिक उन्मुक्तिका लक्ष्मण चौधरी र एमालेका द्वारिका न्यौपाने प्रतिस्पर्धामा छन्।

प्रकाशित: ४ मंसिर २०७९ १५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App