१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

विवादित भएपछि मतदान स्थगित

सुर्खेतको एउटा मतदान केन्द्रमा मतपत्रको विषयमा विवाद हुँदा मतदान नै स्थगित भएको छ। निर्वाचन आयोगले तत्कालका लागि मतदान कार्य स्थगित भएको जनाएको हो।

सिम्ता गाउँपालिकास्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि विवादित हुँदा मतदान स्थगित भएको हो।

प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभातर्फको एक सय मत खसेपछि विवाद उत्पन्न भएको हो। अन्तिमसम्म विवाद समाधान नभएपछि निर्वाचन आयोगले चुनाव स्थगित गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।

प्रकाशित: ४ मंसिर २०७९ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App