सरकारले नयाँ आर्थिक वर्षदेखि सुरु हुने गरी काठमाडौ उपत्यकामा पाँच वर्षभित्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने घोषणा गरेको छ ।
जसमा सरकारले शुक्रवार सम्पन्न आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणको क्रममा उक्त कार्यक्रम घोषणा गरेको हो । जस अनुसार तीन वर्षभित्रमा ६५ प्रतिशत र ५ वर्षभित्रमा सय प्रतिशत स्वच्छ पानी उपलब्ध गराउने घोषणा गरेको हो । पानी भने चौविसै घण्टा उपलब्ध हुने गरी वितरण हुने जनाएको छ ।
प्रकाशित: १५ जेष्ठ २०८३ १७:२२ शुक्रबार




