१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

सामुदायिक जीविकोपार्जन परियोजनाबाट एक हजार चार सय परिवार लाभान्वित

रघुगङ्गा गाउँपालिकामा सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रवद्र्धन परियोजनाबाट सात गाउँका एक हजार ४०० परिवार लाभान्वित भएका छन्।  अन्तरराष्ट्रिय रेडक्रस (आइसिआरसी)को साझेदारी र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा छ वर्षअघि उक्त पालिकामा सुरु भएको परियोजना बिहीबारदेखि अन्त्य भएको छ।  

दुई चरणमा सञ्चालित परियोजनामार्फत किवी, ओखर, सुन्तला, कागती, टिम्मुर, सतुवा, बेसार, अदुवा, केराखेती, बाख्रा, भैँसी, मौरीपालन, कुखुरा, मौरीपालन, टनेलमा खेती प्रविधि, आरन सञ्चालन एवं व्यवस्थापन, बाँस तथा निगालोका सामग्री निर्माण, सिलाइकटाइ, गोठ सुधार र घरबास सञ्चालनका लागि आर्थिक, प्राविधिक सहयोगका साथै सीपमूलक तालिम पनि प्रदान गरिएको थियो।  

रघुगङ्गाका बेग, दग्नाम, चिमखोला, भगवती, पिप्ले, झिँ र पाखापानीमा परियोजना सञ्चालन भएको थियो।  

प्रकाशित: १३ भाद्र २०८२ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App