१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

समानुपातिक उम्मेदवारका विषयमा शंकरलाई योगेशको फोन

नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार सिफारिसको मापदण्ड बनाएर तहगत कमिटीलाई निर्देशन गर्ने विषयमा महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन्।

विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका उपमहासचिव भट्टराईले मंगलबार महासचिव पोखरेललाई फोन गरी प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेस गर्नुपर्ने समय नजिक आइसकेको भन्दै पार्टीको बैठक बसेर मापदण्ड बनाउने विषयमा छलफल थाल्न महासचिव पोखरेलको ध्यानाकर्षण गराएका हुन्।

भट्टराईले पार्टी बैठकको माग गर्दै उक्त बैठकबाट समानुपातिक उम्मेदवार सिफारिसको मापदण्ड तय गर्न तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिनुपर्ने अवस्था रहेको सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: ८ पुस २०८२ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App