नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टी पुनर्गठनको कामलाई सफल बनाउन आग्रह गरेका छन्।
आज एक भिडियो सन्देशमार्फत भट्टारईले यस्तो आग्रह गरेका हुन्। उनले नेतृत्वलाई सन्तुलित ढंगले अगाडि बढाउन पुनर्गठनको काममा सफलता हासिल गर्न र त्यसपश्चात पार्टीलाई थप एकताबद्ध बनाउन पार्टी भित्रका अन्तरविरोधहरूको व्यवस्थापन गर्न आवश्उकत रहेको बताए।
उनले भने, 'पार्टी भित्रको लोकतान्त्रिक पद्धतिलाई पुनर्स्थापित गर्न र वास्तविक अर्थमा नेकपा एमालेलाई एउटा जनपक्षीय पार्टीको रूपमा स्थापित गर्न देशभक्त राष्ट्रवादी पार्टीको रूपमा स्थापित गर्न र लोकतन्त्रवादी पार्टीको रूपमा स्थापित गर्न कमरेड मदन भण्डारीले दिशा निर्देश गर्नु भएको जनताको बहुदलीय जनवादलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडि बढ्न म सम्पूर्ण महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई आग्रह गर्न चाहन्छु।'
यस्तो छ उनको सन्देश:
नमस्कार अभिवादन सम्पूर्ण देश तथा प्रदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हाम्रो पार्टी नेकपा एमालेका प्रिय कमरेडहरु नेकपा एमालेको ११औ राष्ट्रिय महाधिवेशन यही मंगसिर २७२९ मा काठमाडौँमा आयोजना हुदैछ। यो सबैलाई थाहा नै छ। महाधिवेशनमा तित्व गर्ने प्रतिनिधिहरुको चयनको काम धमाधम भैराखेको छ। हिजो मंगसिर १३ गते देशभरि प्रतिनिधि छनोट गर्ने मिति तोकिएको थियो र विभिन्न ठाउँमा प्रतिनिधि चयनको काम सम्पन्न भएको छ। धेरै ठाउँमा पार्टीका कमरेडहरुले आपसी छलफलबाट सहमतिपूर्वक प्रतिनिधिहरुलाई चयन गर्नुभएको छ। र कतिपय ठाउँमा पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास अनुरुप मतदानको प्रक्रियाबाट प्रतिनिधि चयन गर्नुभएको छ। सर्वसम्मत होस् अथवा निर्वाचनको माध्यमबाट होस्।औ राष्ट्रिय महाधिवेशनका निम्ति चयन हुनुभएका देश तथा प्रवासका प्रवासी नेपाली मञच बाट पनि प्रतिनिधिहरु छानिनु भएको छ देश तथा प्रवासका सम्पूर्ण प्रतिनिधि कम्प्रेडहरुलाई म हार्दिक बधाई ज्ञापन गर् गर्न चाहन्छु र शुभकामना भन्न चाहन्छु। कमरेडहरु देश ठुलो संकटमा छ। त्यो संकटको कारणले पार्टी पनि संकटमा छ। देशलाई संकटबाट हामीले मुक्त गर्नु छ। संविधानलाई कार्यान्वयन गर्नु छ। लोकतान्त्रिक अभ्यासलाई पुनरस्थापित गर्नु छ। संसदलाई जागृत गर्नु छ र राज्यका सम्पूर्ण निकायहरुलाई पुनर्जीवित गर्नुपर्नेछ। यस्तो अवस्थामा पार्टीलाई अझै थप सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेछ। पार्टीले खास गरिकन भदौ २३ र २४ को घटना पछाडि हामीले कस्तो दिशा लिने कस्तो नेतृत्व चयन गर्ने यो ज्यादै महत्वपूर्ण सवाल हो हाम्रो पार्टीको लागि तर सिंगो मुलुकको लागि पनि। भदौर २३ र २४ का दुइटा शिक्षाहरु छन्। एउटा सकारात्मक शिक्षा छ। सुशासन को भ्रष्टाचार उन्मुलनको बोल्ने लेख्ने स्वतन्त्रताको र पार्टीहरु भित्रको रुपान्तरणको मुलुकको रुपान्तरण गर्नुपर्ने त्यो एउटा सकारात्मक शिक्षा हो। त्यसलाई हाम्रो पार्टीले दृढताका साथ सम्मान गर्नुपर्छ र ग्रहण गर्नुपर्दछ। यसका केहि नकारात्मक पाटाहरु छन् खास २४ गतेको घटना तर २३ गतेको मध्यान्न पछिको घटनाका केहि नकारात्मक पाटाहरु छन्। विद््वंस संगठित अपराध षड्यन्त्र तोडफोड आगजनी जस्ता कुराहरु यो नेपाली समाजको निम्ति पा्य छैन। हामी बुद्ध जन्मेको देशका मानिसहरु हौ जहाँ ३न हजार वर्ष पहिले देखि नै हामीले शान्तिको पक्षमा आवाज उठाउदै आएका छौ। र यस्तो मुलुकमा हिंसा र कुनै पनि खालको विद्वंश स्वीकार्य हुन सक्दैन। त्यसकारणले ति नकारात्मक पक्षहरुसँग दृढताका साथ जुझ्नु त्यसको सामना गर्नु हाम्रो पार्टीको दायित्व हो भने त्यसका सकारात्मक पक्षहरुको ग्रहण गर्दै पार्टीलाई नयाँ सन्दर्भमा पुनर्गठित गर्नु र आगामी दिनमा नेकपा एमालेलाई यो देशको नेतृत्व गर्न सक्ने एउटा सबल र सक्षम पार्टी निर्माण गर्नु यो राष्ट्रिय महाधिवेशनको महत्वपूर्ण कार्यभार हो। म सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई यस दिशामा यस दिशामा गम्भीरताका साथ ध्यान दिन अनुरोध गर्दछु। हामीले एकातिर पुनर्गठन कुरालाई सशक्त ढंगले अगाडि बढाउनुपर्ने छ भने अर्को तिर नेकपा एमालेलाई एकताबद्ध गर्ने चुनौती पनि हाम्रो सामु छ। नेकपा एमालेलाई यो महाधिवेशन पश्चात अझै एकताबद्ध गर्नुपर्ने छ। म सम्पूर्ण पार्टीका प्रतिनिधि कमरेडहरुलाई र विशेष गरि नेतृत्वलाई यी दुइटा कामलाई सन्तुलित ढंगले अगाडी बढाउन पुनर्गठनको काममा सफलता हासिल गर्न र त्यसपश्चात पार्टीलाई थप एकताबद्ध बनाउन पार्टी भित्रका अन्तरविरोधहरुको व्यवस्थापन गर्न पार्टी भित्रको लोकतान्त्रिक पद्धतिलाई पुनरस्थापित गर्न र वास्तविक अर्थमा नेकपा एमालेलाई एउटा जनपक्षीय पार्टीको रुपमा स्थापित गर्न देशभक्त राष्ट्रवादी पार्टीको रुपमा स्थापित गर्न र लोकतन्त्रवादी पार्टीको रुपमा स्थापित गर्न कमरेड मदन भण्डारीले दिशा निर्देश गर्नु भएको जनताको बहुदलीय जनवादलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडि बढ्न म सम्पूर्ण महाधिवेशनका प्रतिनिधि कमरेडहरुलाई आग्रह गर्न चाहन्छु। कमरेडहरु आवेगबाट उत्तेजनाबाट कुनै पनि निर्णय हामी गर्न पुग्यौ भने त्यसले दुर्घटना निम्त्याउछ त्यसकारण आज नेकपा एमालेका निम्ति आवेग र उत्तेजनाको कुनै पनि अर्थ हुने छैन त्यसको आवश्यकता छैन संयमता धैर्यता सहकार्य यो नेकपा एमालेको संस्कृति हो पार्टी भित्र होस् अथवा बाहिर हामीले शक्तिको भाषा बोलेर कुनै पनि ठाउँमा हामी पुग्न सक्दैनौ त्यसैले शक्तिमा हैन संयमतामा, सहकार्यमा, सहस्तित्वमा हामी अगाडि बढ्नुपर्दछ। पार्टी भित्रका विविधताहरुलाई स्वीकार्न सक्नुपर्छ। पार्टी भित्र समाजमा जब विविधता छ भने पार्टी भित्र पनि विविधता छ। नेपाली समाज विविधता बीचको एकता हो। त्यसैगरी पार्टी भित्र पनि विविधता बीचको एकता कायम गर्नुपर्छ। बहुदलीय जनवादको संगठनिक सिद्धान्त पनि यही नै हो। त्यसकारण यी तमाम विषयमा प्रतिनिधि कम्पेटरहरुले पक्कै पनि ध्यान दिनुहुनेछ। सन्तुलित निर्णय गर्ने ठाउँमा तपाईँहरु पुग्नुहुनेछ। म त्यो विश्वास लिन चाहन्छु। तल तराई मधेश देखि हिमाल सम्मका प्रतिनिधि कमरेडहरु विभिन्न जाति भाषा धर्म संस्कृतिमा आबद्ध हुनुभएका विश्वास गर्नु भएका सम्पूर्ण कमरेडहरु यो पार्टीलाई सबै भौगोलिक क्षेत्रको प्रिय पार्टी बनाउन सबै जाति जनजाति भाषा भाषीहरुको प्रिय पार्टी बनाउन हामी अझै थप खुला खुलस्त हुदै एकताबद्ध हुदै अगाडि बढौ। फेरी पनि ११औ राष्ट्रिय महाधिवेशनका सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई म हार्दिक स्वागत गर्न चाहन्छु। अब काठमाडौँमा भेटौ आउनुस छलफल गरौ। छलफलबाट एउटा राम्रो निष्कर्ष निकालौ। त्यसैले नेपाली समाजमा एउटा भनाई छ नि बाधे बाधे जायते तत्वबोध हो यो मर्मलाई ख्याल गर्दै अगाडि बढौ। नेकपा एमालेको एकतालाई थप सुदृड र अझै अछुर्ण राख्ने काममा हामी सबैले सकारात्मक भूमिका खेलौ। सबै प्रतिनिधि कमिटरलाई फेरी एकपटक हार्दिक बधाई छ धन्यवाद अभिवादन
प्रकाशित: १४ मंसिर २०८२ ११:२९ आइतबार





