१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीलाई योगेश भट्टराईको प्रश्न : मधेसमा हाम्रो मेहनतमाथि किन खेलवाड भयो ?

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मधेस प्रदेशमा पार्टीले भोगेको चुनौती र आएको राजनीतिक झट्काबारे गहिरो समीक्षा आवश्यक भएको उल्लेख गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आन्तरिक पुनरावलोकनको अनुरोध गरेका छन्।

उनले असोज ३, २०७२ मा जारी भएको संविधान र त्यसपछिका वर्षहरूमा मधेस प्रदेशमा एमालेले भोगेको कठिनाइ र पछिल्लो समय पार्टीको सार्वजनिक छविमा उदाएको प्रश्नसम्बन्धी विस्तृत टिप्पणी गरेका छन्।  

योगेशको तर्क अनुसार संविधान जारी भएपछि मधेसमा एमालेमाथि विभिन्न जटिल परिस्थितिहरू उत्पन्न भए, पार्टी कार्यालय र नेताहरू लक्षित आक्रमण, भौतिक सम्पत्तिमा क्षति र नेतृत्व र कार्यकर्ताबीच घटेको विश्वासले पार्टीलाई चुनौती दिएको थियो। तर आफ्नो अथक मेहनत र समर्पणका कारण पछिल्ला निर्वाचनहरूमा एमालेले मधेसमा उल्लेखनीय सुधार र पुनर्स्थापना गरेको उनले औँल्याए।

उनले भनेका छन् कि प्रतिनिधि सभाको प्रत्यक्ष चुनावमा एमालेले १० सिट र प्रदेश सभामा २५ सिट प्राप्त गरेर मधेसमा पहिलो पार्टीको स्थान पुनः हासिल गरेको थियो। ती उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष के.पी. ओलीलाई जान्छ भनी योगेशले औँल्याएका छन्। त्यस्तै मधेस व्यवस्थापनमा अध्यक्षकहाँबाट गरिएको सूक्ष्म नीति तथा व्यक्तिको छनोट–प्रबन्धनलाई सफलता भनेका छन्।  

यस्तो सफलताको बाबजुद हालका घटनाक्रम, प्रदेश प्रमुखको बर्खास्ती, सभामुख पदमुक्ति र मुख्यमन्त्रीको कानुनी चुनौतीले पार्टीलाई राजनीतिक रूपमा एक्लो बनाएको, आन्तरिक मतभेद तीब्र बनाएको र जनता माझ पार्टीको छवि कमजोर बनेको योगेशको विचार छ। ‘मधेसमा हाम्रो मेहनतमा कस्ले र किन खेलवाड़ गर्यो?’ उनले भने, ‘त्यसबारे गम्भीर आन्तरिक छानबिन आवश्यक छ।’

प्रकाशित: ४ मंसिर २०८२ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App