२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

महिलामन्त्री सीता बादीको सम्पत्ति विवरण: २० कुखुरा, एक कुकुर

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको विवरणमा घरमा पालेको २० कुखुरा र एक कुकुर उल्लेख छ ।  

त्यस्तै उनले विभिन्न क्षेत्रको सम्पत्तिलाई सार्वजनिक गरेकी छन् । चलाइरहेको तीन ल्यापटप र दुई मोबाइललाई सम्पत्तिका रुपमा उनले सार्वजनिक गरेकी छन् ।  

बादीका नाममा तीन लाख ३० हजारको स्कूटर र श्रीमान सुरेश पुर्कुटीका नाममा पल्सर मोटरसाइल रहेको उल्लेख गरेकी छन् ।  

श्रीमान श्रीमती दुवैको नाममा रहेको पाँच हजार ६०० कित्ता विभिन्न कम्पनीको सेयर छ ।  

त्यस्तै विभिन्न बैंकमा १५ लाख रुपैयाँ बचत छ। विवाहमा गहनाका रुपमा आएको १८ तोला सुन, १५ तोला चाँदीलाई मन्त्री बादीले आफ्नो सम्पत्ति विवरणामा राखेकी छन् । 

प्रकाशित: २९ चैत्र २०८२ २०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App