उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्रै नभई व्यवहारमा पनि लागु गर्नुपर्ने बताएका छन् । नीति रिसर्च प्रा.लिको आयोजना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले काठमाडौंमा सोमबार आयोजना गरेको स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो अन्तरक्रिया कार्यक्रममा मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।
मन्त्री सिन्हाले भने,‘महिलामैत्री नीति कागजमा मात्रै होइन व्यवहारमा अनुकूल हुने खालको हुनुपर्छ । वित्तीय बजार, प्रविधि र तालिममा समान पहुँच सुनिश्चित गर्न सकियो भने महिला उद्यमशीलताको गति धेरै अगाडी बढ्न सक्छ । महिला उद्यमी सशक्त भए परिवार सशक्त हुन्छ । समाज सशक्त हुन्छ । अन्त्यमा राष्ट्र सशक्त हुन्छ । असल नागरिकको निर्माण महिला बाट हुन्छ ।’
शिक्षाको कमी र शिक्षामा भएका तुरुटी कमजोरीलाई सरकारले गर्नुपर्ने कर्तव्य पालन नगरेका कारणले गर्दा खेरी शिक्षामा देखिएका कतिपय कमजोरीहरूको कारणले गर्दा यस्तो अवस्थाको सिजना भएको मन्त्री सिन्हा बताउँछन् ।
मन्त्री सिन्हाले भने,‘ सकारात्मक सोच राखौँ यस्ता कुराहरू बिस्तारै–बिस्तारै आफैँ हराएर जान्छ । सरकार, नीजि क्षेत्र, नीति अनुसन्धान प्रणाली जस्ता र उद्यमीबिचको सहकार्य अझै मजबुत बनाउन आजको आवश्यकता हो ।’
मन्त्री सिन्हाका अनुसार यस्ता सहकार्यपूर्ण प्रयासले मात्रै हाम्रो उद्यमशीलताको इकोसिस्टमलाई बलियो र दिगो बनाउन सक्छ भने मलाई विश्वास रहेको छ ।
आज यस क्षेत्रमा महिलाका लागि नयाँ–नयाँ अवसरहरू खुलेका छन् । ‘यो अवसरलाई म खुलेको अवसर भनेर भदैन । तपाइहरुले आफैँले फलाउनु भएको आफैंले सिजना गर्नु भएको छ । यसलाई तपाइहरूले निरन्तरता दिँदै अगाडी बढाउनुहुन्छ भने मेरो प्रयास र विश्वास रहेको छ,’ मन्त्री सिन्हाले भने ।
प्रविधि, डिजिटल प्लेटफर्म कृषि तथा पर्यटन सेवा र सिर्जनात्मक उद्यम जस्ता क्षेत्रमा महिलाले आफ्नो सिप ज्ञान र सोचले व्यवसायमा रूपान्तरण गरिरहेको मन्त्री सिन्हा बताउँछन् ।
एउटा मोबाइल फोन इन्टरनेटलाई आत्मा विश्वास महिलालाई स्थानीय बजारबाट विश्व बजारसम्म पु¥याउन सकेको पनि उदारणहरु छन् ।
सानो लगानीमा ठुलो सोचलाई व्यवहारमा उत्तान सम्भावना अहिले बढेको छ । यी सफलताका कथाहरू व्यक्तिगत उपाधि नभई यी नेपाल राष्ट्रको आत्मविश्वास र क्षमताको उदारणहरु हुन् ।
मन्त्री सिन्हाले भने,‘मैले यहाँदेखि रहेको छु अवसरका साथ साथै चुनौती पनि हाम्रो सामु छ । चुनौती व्यवसायमा मात्रै होइन । शारीरिक रूपमा पनि चुनौती भोग्दै आउनु भएका कतिपय उद्यमीहरूलाई देखेको छु । अहिले पनि धेरै जस्ता उद्यमी महिलाहरूले वित्तीय पहुँचको अभाव, सामाजिक सोच र पारिवारिक जिम्मेवार सँगै नीतिगत जटिलता सँग जुधिरहेका छन् । यी चुनौती महिलाको क्षमता कमजोर भएर होइन । प्रणाली र संरचनामा रहेको कमजोरीका कारण हो भने मलाई लाग्छ ।’
यी समस्या समाधान गर्ने राज्य, नीजि क्षेत्र वित्तीय संघ संस्था र समाज सबैको साझा दायित्व रहेको मन्त्री सिन्हाले बताए ।
महिलालाई व्यवसाय गर्नमा सहजीकरण गर्नुका साथै यस्ता कुरालाई जहिले पनि ध्यानमा राखेर अगाडी बढ्नुपर्नेमा मन्त्री सिन्हाको जोड छ ।
मन्त्रालयले महिला उद्यमशीलतालाई उच्च प्राथमिकतामा राखेर अगाडी बढी रहेको छ ।
महिला लक्षित स्टार्टअप कार्यक्रम सौलियतपूर्ण कर्जा, सिप विकास, व्यवसाय दर्ता औद्योगिक संरचनामा पहुँच सहज बनाउने नीतिहरू कार्यान्वयनमा रहेको मन्त्री सिन्हाले बताए ।
मन्त्री सिन्हाले भने,‘नीति मात्रै राखेर भएन यसलाई सफल कार्यान्वयन हुनपनी अति आवश्यक छ भने मेरो विश्वास छ । सरकारको तर्फबाट अझै यी कार्यक्रमहरूलाई सरल पहुँच योग्य र परिणाम मुखी बनाउन हाम्रो प्रतिबद्धता रहेको छ । साना उद्यमशीलहरूलाई यस सम्बन्धमा सहजता ल्याउनुपर्छ । युवाहरूले नौकरी खोज्ने मानसिकताबाट बाहिर नि सकेर जोखिम सिजना गर्ने सोच विकास गर्नु होस जोखिम लिन डराउनुहुँदैन किन की जोखिम र केही असफलता नै सफलता हो ।’
महिला तथा पुरुष बिचको समानतालाई नारामा सीमित नराखी व्यवहारमा उतार्नु नै समावेशी उद्यमशीलताको आधार हो ।
‘आज पनि हामी देखि रहेका छौँ संविधानमा लेखिएको छ कार्यान्वयन भइरहेको छैन । यो हामीहरूले बिस्तारै बिस्तारै कार्यान्वयनमा लग्दै गर्नु पर्ने हो धेरै ढिलो भइसक्यो भने मेरो विश्वास छ,’मन्त्री सिन्हाले भने,‘संविधान लागु भएको १० वर्ष भइसक्यो कार्यान्वयन अझै महिलाको सम्बन्धमा हेर्न दृष्टिकोण र कार्यान्वयन अत्यन्तै फितलो रहेको मेरो आफ्नो व्यक्तिगत बुझाइछ ।’
प्रकाशित: २१ पुस २०८२ १७:२३ सोमबार





