१८ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘आश्रमका लागि सधैं साथसहयोग रहन्छ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मानवसेवा आश्रमको विकासका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन्।

आज उनकी धर्मपत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँको रानीवनस्थित आश्रम कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले हेटौँडाको केन्द्रीय कार्यालयको उद्घाटन पनि प्रधानमन्त्रीको हैसियतमा आफैँले गरेको सम्झिंदै आश्रमका लागि सहयोग निरन्तर रहने उल्लेख गरे।

उनले भने, “मेरो र परिवारका तर्फबाट र आफ्नो दलका तर्फबाट निरन्तर तपाईहरूको भावना र आवश्यकताप्रति इमानदारी साथ सहयोग गरिरहने विश्वास पनि तपाईंहरूलाई दिलाउन चाहन्छु।”

उनले स्व. सीताको स्मृतिलाई दिगो राख्न र सबैका निम्ति प्रेरणा मिलोस् भनेर आश्रममा आएको बताए। यहाँ उनले आज आश्रितहरूलाई भोजन सेवासमेत प्रदान गरेका थिए। उनले राज्यले गर्नुपर्ने काम आश्रमले गरिरहेको उल्लेख गर्दै चुनौतीपूर्ण र संवेदनशील क्षेत्रमा आश्रमले काम गरिरहेको बताए।

यो राष्ट्रिय रुपमा मात्र होइन नेपाल मौलिक विशेषता भएको देशका रुपमा स्थापित हुने र विश्वभरिको ध्यान खिच्दै गएको उल्लेख गरे। आउने दिनमा यसबाट सबैले प्रेरणा लिने उल्लेख गर्दै उनले आफ्नो तर्फबाट संस्थाको विकासमा सहयोग जारी रहने प्रतिबद्धता जनाए।

महत्त्वपूर्ण ठाउँमा पुगेका व्याक्तिहरू सडकमा पुगेका तर यहाँ आएपछि नयाँ जीवन पाएका र पुरानो स्मृति फर्किएको सबै सुन्दा कथा जस्तो लाग्ने तर यो यथार्थ भएको र यो सेवाका लागि आश्रमलाई धन्यवाद दिए।

प्रकाशित: २७ असार २०८२ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App