२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बर्खास्त भएका मन्त्री साहकी पत्नीले भनिन्: यो सुशासन होइन

प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारीबाट दिपक साहलाई बर्खास्त गरेपछि साह पत्नीले गुनासो गरेकी छन् ।  

उनले आफ्नो श्रीमानमाथि अन्याय भएको भन्दै सामाजिक सञ्जालबाट आफ्नो धारणा राखेकी छन् ।  

श्रममन्त्रीले आफ्नो पत्नी जुन श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य बिमा बोर्डमा थमौति गराएको आरोप लगाइएको छ । उनले स्वास्थ्य बिमा बोर्डमा आफ्नो निरन्तरतालाई लिएर श्रीमानलाई जोड्नु आवश्यक नभएको टिप्पणी गरेकी छन्।  

श्रीमान र आफूसँग एकपटक पनि स्पष्टीकरण नसोधि कारबाही गरिएको गुनासो गर्दै उनले यो सुशासन नभएको टिप्पणी गरिन ।  

उनले भिडियोमार्फत आफ्नो काम र योग्यताको फेहरिस्ता सुनाएकी छन्।  

प्रकाशित: २६ चैत्र २०८२ २१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App