प्रतिनिधिसभाको पहिलो बैठक अहिले केहीबेरका लागि स्थगित भएको छ। बैठक प्रारम्भ हुनासाथ सभामुखप्रति लक्षित गरी भएको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण बैठक स्थगित भएको हो।
बैठकको सुरुमै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । यसैबीच नेकपा (एमाले) का राजेन्द्रकुमार राईले बोल्न सुरु गरेसँगै सभामुख डोलप्रसाद अर्यालले थप नबोल्न र आसन ग्रहण गर्न निर्देशन दिएका थिए । त्यसलगत्तै एमालेका अरु सांसदले पनि उठेर विरोध गरेका थिए।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद टीका सङ्ग्रौला ले सभामुखप्रति अपमान भएको भन्दै नियमापत्ति गरेकी थिइन् । सो सन्दर्भमा सांसद राईले माफी माग्ने सन्देश पठाएपछि सभामुख अर्यालले पुनः राईलाई बोल्न समय दिएका थिए। तर विवादले नयाँ स्वरुप लिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेको हुन्।
आजको बैठकको सुरुमा केही सांसदले सीमासम्बन्धी अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गरेका थिए।
यसअघि बैठकमा सभामुख आर्यालले नेपाली कांग्रेसका प्रमिलाकुमारी गच्छदारलाई बोल्न समय दिएका थिए ।सांसद गच्छदारले आफूहरूले पटकपटक आवाज उठाए पनि स्पष्ट जवाफ नआएको बताए।
प्रकाशित: २४ असार २०८३ १२:२९ बुधबार





