राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बुधबार बिहान ११ः३० बजे केन्द्रीय कार्यालयमा बैठक राखिएको नेता मोहन श्रेष्ठले जानकारी दिएका हुन्।
‘परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न, स्थानीय तह र जिल्ला अधिवेशनहरुको प्रगति समिक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज २९ गते बुधबार ११:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ,’ नेता श्रेष्ठले भने।
प्रकाशित: २७ आश्विन २०८२ २०:३७ सोमबार





