राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहने भएको छ।
तर प्रमुख राजनीतिक दलका दुई शीर्ष नेता भने उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल महाधिवेशनमा उपस्थित नहुने भएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापा भने महाधिवेशनमा सहभागी हुने निर्णय गरेका छन्। एमालेका तर्फबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली तथा नेकपाका नेता वर्षमान पुन उद्घाटन सत्रमा सहभागी हुने भएका छन्।
त्यस्तै, जनमत पार्टीका अध्यक्ष डा सीके राउत र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशनमा सहभागी हुन चितवन पुग्ने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको पनि सहभागिता रहने जनाइएको छ।
श्रम संस्कृति पार्टीका कुनै प्रतिनिधि महाधिवेशनमा सहभागी नहुने भएका छन् । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन आज हुने भएको छ । असार ८ र ९ गते बन्दसत्र तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तय गरिएको छ।
प्रकाशित: ७ असार २०८३ ११:५७ आइतबार





